COVID-19 को आर्थिक प्रतिक्रियाको भागको रूपमा, जापानी सरकारले जापानका प्रत्येक निवासीलाई 100,000 येन ह्याण्डआउट गर्ने निर्णय गर्यो।
को योग्य छ?
अप्रिल 27, 2020 सम्म आधारभूत निवासी रजिष्टर (住民基本台帳; जुमिन किहोन दाइचो) मा भएका जो कोही यो ह्याण्डआउटको लागि योग्य छ। यसमा 3 महिना वा सो भन्दा बढी बसाइ अवधिको लागि निवास स्थिति प्रदान गरिएको व्यक्तिहरू जस्ता निवास प्रमाणपत्र (住民票; जुमिनह्यो ) होल्ड गर्ने विदेशी नागरिकहरू समावेश हुन्छन्।
ह्याण्डआउटको लागि कसरी आवेदन गर्ने
- तपाईंले आफ्नो स्थानीय नगरपालिकाबाट हुलाक पत्राचार मार्फत आवेदन फाराम प्राप्त गर्नुहुनेछ।
- घरको मुख्य व्यक्तिले (世帯主; सेतै-नुशी) आफ्नो बैंक खाताका विवरणहरू सहित आवश्यक जानकारी भर्नुपर्छ र फाराम फिर्ता पठाउनुपर्छ। फारामको साथमा, तपाईंले आफ्नो पहिचान कागजातको फोटोकपी र आफ्नो बैंक खाताका विवरणहरू देखाउने कागजात संलग्न गर्नुपर्छ।
- घरको सम्पूर्ण सदस्यको लागि रकम तपाईंको बैंक खातामा ट्रान्सफर गरिनेछ।
*”मेरो नम्बर कार्ड” धारकहरूले सरकारी वेबसाइट मार्फत अनलाइन आवेदन गर्न सक्नुहुन्छ।
मैले कहिले ह्याण्डआउट प्राप्त गर्न सक्छु?
आवेदन सुरु हुने मिति तपाईं कहाँ बस्नुहुन्छ भन्ने कुरामा निर्भर रहेर भिन्न-भिन्न हुन्छ। आवेदन समाप्त हुने मिति सुरु हुने मितिको 3 महिनामा हुन्छ। जति सक्दो छिटो मे महिनामा आवेदकहरूको बैंक खाताहरूमा नगद पठाइनेछ।
मैले के-कस्ता कागजातहरू तयार गर्नुपर्छ?
आवेदन फारामको साथमा, तपाईंले आफ्नो स्थानीय नगरपालिकामा निम्न कागजातहरू पठाउनुपर्छ:
- तपाईंको बैंक खाता पुष्टि गर्नका लागि, तपाईंको नगदकार्ड वा बैंकबुकको फोटोकपी
- तपाईंको आइडीको फोटोकपी। आइडीका मान्य स्वरूपहरू: सवारी चालकको इजाजतपत्र, मेरो नम्बर कार्ड वा निवास कार्ड (अद्यावधिक:5/11)
*ठगीहरूदेखि सतर्क रहनुहोस्! यस आवेदनसँग सम्बन्धित ठगीको पुष्टि भएका केसहरू छन्। जापानी सरकार वा स्थानीय सरकार दुवैले कहिल्यै पनि तपाईंलाई व्यक्तिगत इमेलहरू पठाउनेछैनन् वा तपाईंको फोनमा तपाईंको बैंक खाताका विवरणहरू वा PIN कोडको लागि अनुरोध गर्नेछैनन्।
थप विवरणहरूका लागि
आवेदन फाराम कसरी भर्ने(अद्यावधिक: 5/8)
आवेदन फाराम जापानी भाषामा मात्र उपलब्ध छ।
(अद्यावधिक: 5/25) आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा सिर्जना गरिएको आवेदन फारामको अनुवादनको लागि यहाँ जाँच गर्नुहोस्। तपाईं के लेख्न र कहाँ लेख्ने भनी जाँच गर्नका लागि सन्दर्भको रूपमा यो नमूना प्रयोग गर्न सक्नुहुन्छ।
तपाईं बस्ने नगरपालिकाबाट तपाईंलाई पठाइएको जापानी आवेदन फाराम मात्र प्रयोग गर्न सक्नुहुन्छ। कृपया जापानी भाषामा आवेदन फाराम भर्नुहोस्। तपाईंलाई हिरागाना/काताकाना/खान्जी (जापानी अक्षरहरू) मा लेख्न समस्या हुन्छ भने, तपाईं रोमाजी (रोमन वर्णमालामा जापानी लेख्ने एक विधि) प्रयोग गरी फाराम भर्न पनि सक्नुहुन्छ। तपाईंले प्राप्त गर्ने आवेदन फाराम माथिको नमूना भन्दा केही हदसम्म फरक हुन सक्छ।
N.B. आवेदन फारामको पहिलो पृष्ठमा घरको मुख्य व्यक्ति (जस्तै, पैसाको लागि आवेदन गर्ने/प्राप्त गर्ने व्यक्ति) को लागि व्यक्तिगत नामको छाप (印鑑; इनकान) प्रयोग गर्ने एउटा ठाउँ छ। यद्यपि, तपाईंसँग नामको छाप छैन भने, तपाईं सहजै उक्त खाली ठाउँको शीर्ष भागमा हस्ताक्षर गर्न सक्नुहुन्छ।
तपाईंलाई आवेदन फारामको सम्बन्धमा अन्य कुनै पनि चिन्ता छ?
तपाईंलाई आवेदन फाराम कसरी भर्ने भन्नेबारे विस्तृत निर्देशनहरू दिने बहु भाषाहरूमा उपलब्ध एउटा भिडियो छ।
तपाईं तलको वेबसाइटबाट भिडियो हेर्न सक्नुहुन्छ।
नोट(5/11):भिडियोको 3 मिनेट 50 सेकेण्डमा, स्वीकार्य आइडीहरूको उदाहरणको रूपमा तपाईंको राहदानीको फोटोकपी देखाइएको छ। यद्यपि, यो केही नगरपालिकाहरूमा अस्वीकार्य हुन सक्छ; सम्भव भएमा, तपाईंले आवेदन फाराममा आफ्नो निवास कार्डको फोटोकपी संलग्न गर्नुपर्छ।

※ORJ Co., Ltd. र soeasy Co., Ltd. द्वारा सह-निर्मित भिडियो
100,000 येन ह्याण्डआउटको लागि कल सेन्टर
ह्याण्डआउटको बारेमा कुनै पनि प्रश्नको लागि, तपाईं आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा सञ्चालित यो कल सेन्टरमा सम्पर्क गर्न सक्नुहुन्छ।
(अद्यावधिक: 5/25) फोन नम्बर र खुला रहने समय अद्यावधिक गरियो
03-5638-58550120-260020 (नि:शुल्क)- खुला रहने समय :
बिहान 9 बजेदेखि साँझ 6:30 बजेसम्म(सप्ताहान्त र राष्ट्रिय बिदाहरू बाहेक)बिहान 9 बजेदेखि राति 8 बजेसम्म (सप्ताहान्त र राष्ट्रिय बिदाहरू सहित)
*जापानी मात्र
आधारभूत निवासी दर्ता प्रणालीसँग सम्बन्धित प्रश्नहरूका लागि बहुभाषीय कल सेन्टर
तपाईं आधारभूत निवासी दर्ता प्रणाली र निवास प्रमाणपत्रसँग सम्बन्धित प्रश्नहरूका लागि यो कल सेन्टरमा सम्पर्क गर्न सक्नुहुन्छ। यो सेन्टर पनि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा सञ्चालित गरिएको हो।
- फोन नम्बरः
0570-066-630 (नाभी डायल)
03-6436-3605 (IP फोनहरू र PHS बाट) - खुला रहने समय: बिहान 8:30 देखि साँझ 5:30 सम्म
- सञ्चालन अवधि: अप्रिल 1, 2020 देखि मार्च 31, 2021 सम्म (सप्ताहान्त र राष्ट्रिय बिदाहरू बाहेक)
- समर्थित भाषाहरू: जापानी, अङ्ग्रेजी, चिनियाँ, कोरियन, स्पेनिस, प्रोचुगाली, भियतनामी, थाइ, इन्डोनेसियन, तागालग, नेपाली