यी लक्षणहरूदेखि सचेत हुनुहोस्! कोरोना भाइरसका 13 लक्षणहरूको जाँचसूची

तपाईंलाई यी लक्षणहरू देखिएका छन् भने, COVID-19 हेल्पलाइनमा फोन गर्नुहोस्! यहाँ गम्भीर कोरोना भाइरस सिन्ड्रोमका 13 सम्भावित संकेतहरू छन्।

कोरोना भाइरस रोग (COVID-19) को जारी महामारीले नोभेल कोरोना भाइरसले आवश्यक रूपमा गम्भीर लक्षणहरू विकास गर्दैन र केही अवस्थाहरूमा पूर्णतया कुनै स्पष्ट लक्षणहरू देखिँदैन भन्ने प्रमाणित गरेको छ। 

हाल, जापानी सरकारले प्रमुख लक्षणहरू नभएका व्यक्तिहरूलाई प्रान्तीय सरकारहरूद्वारा डिजाइन गरिएका चिकित्सकीय रूपमा सुसज्जित होटलहरू जस्ता सुविधास्थलहरूमा स्वयं-क्वारेन्टाइनमा रहन सुझाव दिन्छ। अपवादको रूपमा, व्यक्तिगत कारणहरूका लागि घरमा बस्नुपर्ने व्यक्तिहरूलाई सो कार्य गर्न अनुमति दिइन्छ।

अब हेरौं र स्वयं-जाँच गरौं

अहिले तपाईंलाई प्रमुख लक्षणहरू नदेखिए तापनि कोरोना भाइरस रोगले कुनै पनि समयमा एक गम्भीर रूप लिन सक्छ।

जापानको स्यास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मध्यम खालको वा कुनै लक्षण नभएका कोरोना भाइरस वाहकहरू घर वा निवासस्थान सुविधास्थलहरूमा क्वारेन्टाइनमा बस्दा स्वयं-जाँचको लागि लक्षणहरूको सूची प्रकाशित गरेको छ।

क्वारेन्टाइनमा बसेका वाहकहरू दैनिक कम्तीमा दुईपटक स्वयम् सूची अनुसार चल्नुपर्ने हुन्छ। 

* स्वयं-जाँचको बारम्बारता र समयतालिका फरक-फरक हुन्छ। कृपया सार्वजनिक स्वास्थ्य केन्द्रहरूका चिकित्सा कर्मचारीद्वारा प्रदान गरिएको निर्देशनको पालना गर्नुहोस्।

तल सूचीबद्ध गरिएका “गम्भीर लक्षणहरू” मध्ये कुनै पनि देखिएको अवस्थामा, तुरून्तै चिकित्सकीय कर्मचारी वा नागरिक हेल्पडेक्समा स्वयम् सम्पर्क गर्नुहोस्।

साथै, तपाईंलाई क्वारेन्टाइनको अवधिमा यी गम्भीर संकेतहरू देखापरेको कुनै पनि समयमा समान कार्य गर्न आवश्यक हुन्छ।

कोरोना भाइरसका 13 लक्षणहरूको सूची

स्यास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले 13 लक्षणहरूको सूचीबद्ध गर्छ, जसलाई आपतकालीन चिकित्सकीय स्याहार आवश्यक पर्छ।

*ताराको चिन्ह* मा भएका लक्षणहरू पत्ता लगाउनको लागि, कोरोना भाइरस वाहकसँग बस्ने परिवारका सदस्य र मानिसहरूलाई निरन्तर ध्यानकर्षण गर्न आवश्यक हुन्छ।

अनुहारको अभिव्यक्ति र रूप-रङ

  1. अत्यधिक रूपमा पहेंलो देखिने*
  2. ओठहरू बैजनी रङमा परिवर्तन हुने
  3. सामान्य भन्दा फरक हुने (अभिव्यक्ति, स्थिति र रूप-रङ आदि)*

श्वासप्रश्वासमा कठिनाइ हुने

  1. श्वासप्रश्वासमा कमी हुने (छिटो-छिटो श्वासप्रश्वास हुने)
  2. अचानक श्वासप्रश्वास गर्न गाह्रो हुने
  3. दैनिक क्रियाकलापहरूको अवधिमा श्वासप्रश्वासमा कठिनाइ हुने
  4. छाती दुख्ने
  5. पल्टिन असक्षम हुने वा बस्दा मात्र श्वास फेर्न सक्षम हुने
  6. श्वासप्रश्वास गर्दा काँधहरू भारी हुने
  7. अचानक श्वासप्रश्वासमा कमी हुने (प्रारम्भिक लक्षणहरू देखिएको 2 घण्टाभित्र)

अचेतपन

  1. जागरूकता हराउने (कमजोर प्रतिक्रिया)*
  2. भ्रामक महसुस गर्ने (प्रतिक्रिया नजनाउने)*
  3. अनियमित/अस्थिर धड्कनको गतिविधि
タイトルとURLをコピーしました