तपाईं छुट्टिमा हुँदा, तपाईंले जापानी सरकारबाट आर्थिक सहायता प्राप्त गर्न योग्य हुनुहुन्छ।

अन्य आवश्यक कागजातहरू डुप्लिकेट गर्ने

माथि उल्लिखित फारामहरू बाहेकका आवश्यक कागजातहरू निम्नानुसार छन् र तिनीहरू A4 साइजका प्रतिलिपिहरू हुनुपर्छ:

  • तपाईंको आइडीको प्रतिलिपि जस्तै: राहदानी, निवास कार्ड आदि।
  • तपाईंको बैङ्क खाता पुष्टि गर्ने कागजातको प्रतिलिपि जस्तै: नगद कार्ड, बैंक पुस्तक आदि।
  • अस्थायी रूपमा व्यापार बन्द हुनुभन्दा अघि/उक्त अवधिमा तपाईंको ज्याला रकम उल्लेख गरिएको कागजातको प्रतिलिपि जस्तै पेस्लिप, पेरोल पुस्तक आदि।

आवश्यक कागजातहरू मेल गर्नुहोस्

पहिले र सर्वप्रथम,कृपया तपाईंले आवेदन फारामहरू र अन्य आवश्यक डुप्लिकेट कागजातहरू तयार गर्नुभएको छ भनी सुनिश्चित गर्नुहोस्:

 ✔ लाभ सम्बन्धी दाबी फाराम (支給申請書)
 ✔ लाभ भुक्तानीका लागि आवश्यकताहरूको पुष्टिकरण(支給要件確認書)
 ✔ तपाईंको आइडीको प्रतिलिपि
 ✔ तपाईंको बैङ्क खाता पुष्टि गर्ने कागजातको प्रतिलिपि
 ✔ अस्थायी रूपमा व्यापार बन्द हुनुभन्दा अघि/उक्त अवधिमा तपाईंको ज्याला रकम उल्लेख गरिएको कागजातको प्रतिलिपि

अर्को, कृपया यी आवश्यक कागजातहरू राख्न खाम लिनुहोस्।

पत्राचार ठेगाना निम्नानुसार छ। यदि खाममा ठेगाना भर्न कठीन भएको छ भने, तपाईंले डट भएका रेखाहरू काटेर, यो पृष्ट प्रिन्ट गर्न सक्नुहुन्छ, जुन पृष्ठको तल्लो दायाँ कुनामा हुन्छ र तपाईंले खाममा काटेको कुरालाई शलबन्दी गर्नुहोस्। तपाईंले तिनीहरूको वरिपरि रेखाहरू तानेर पनि क्षेत्रहरू भर्नुपर्छ (डट फ्रेमभित्र रहेको आइडी) ; तिनीहरू तपाईंको ठेगाना (माथिल्लो भाग) र तपाईंको नाम (तल्लो भाग) का लागि हुन्।

〒 600-8799
日本郵便株式会社 京都中央郵便局留置
厚生労働省 新型コロナウイルス感染症対応
休業支援金・給付金担当

कृपया खामलाई शिलबन्दी गर्नुहोस् र तपाईंले पोस्ट गर्नुअघि यसलाई स्ट्याम्पमा राख्नुहोस्।

पोस्टेजको शुल्क खामको वजनमा भर पर्छ। यसको शुल्क कति लाग्छ भनी जाँच गर्न यो लिङ्क (जापान पोस्टको वेबसाइट) मा क्लिक गर्नुहोस्। तपाईंले आफ्नो नजिकैको पोस्ट कार्यालयमा पनि शुल्क जाँच गर्न सक्नुहुनछ।

निम्नलिखित आवेदनका समाप्ति मिति हुन्।

छुट्टीको अवधि/अस्थायी रूपमा व्यापार बन्ददेय मिति
※हुलाक पत्राचारद्वारा पठाइएका आवेदनहरू तलको मितिसम्ममा आइपुग्नुपर्छ
अप्रिल-जुन, 20209/30 (बुधबार), 2020
जुलाई, 202010/31 (शनिबार), 2020 
अगस्ट, 202011/30 (सोमबार), 2020
सेप्टेम्बर, 202012/31 (बिहीबार), 2020

तपाईंका कागजातहरू पूरा भएका छन् भने, तपाईंले लगभग 2 हप्तामा मूल्याङ्कन नतिजा फेला पार्नुहुनेछ।

थप विवरणहरूका लागि

तपाईंसँग प्रश्नहरू छन् वा लाभहरूको बारेमा थप जानकारी आवश्यक छ? थप विवरणहरूको लागि निम्न लिङ्कमा क्लिक गर्नुहोस्:स्वास्थ्य, ‍श्रम तथा कल्याण मन्त्रालयद्वारा दिइएका लाभहरूको बारेमा वेबपृष्ठ (जापानी भाषामा)

मन्त्रालयले मद्दत डेस्क पनि सञ्चालन गरिरहेको छ जहाँ तपाईंले लाभ/आवेदन फारामहरू कसरी भर्ने भन्नेबारे प्रत्यक्ष रूपमा प्रश्नहरू सोध्न सक्नुहुन्छ।

स्वास्थ्य, ‍श्रम तथा कल्याण मन्त्रालयको बिदा सहायता कोष तथा भत्ता कल केन्द्र

 फोन नम्बर:0120-221-276
 सञ्चालन हुने समय:सोमबारदेखि शुक्रबारसम्म बिहान 8:30 बजेदेखि राती 8 बजेसम्म
बिदाहरूमा बिहान 8:30 बजेदेखि साँझ 5:15 बजेसम्म

 *कुनै फोन शुल्कहरू लागू हुँदैनन्।

タイトルとURLをコピーしました